गृहपृष्ठ खबर बिपि स्टडी युथ सर्कल कपिलवस्तुले पायो पुर्णता

बिपि स्टडी युथ सर्कल कपिलवस्तुले पायो पुर्णता

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा बिपि स्टडी युथ सर्कल जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । शुसान्त पोख्रेल सभापति रहने गरि २४ सदस्यीय समिति गठन गरिएको हो । जसमा उपसभापतिको रुपमा बिबेक पौडेल, सचिबमा जय चौधरी, सहसचिबमा बासुदेब पोख्रेल, सहसचिवमा ईशान पाठक रहनुभएको छ ।

यसैगरि कोषाध्यक्षमा मनिषा पौडेल, सहकोषाध्यक्षमा गोपाल मल्ल ठकुरी , जनसम्पर्क अधिकारीमा बिबेक बराल र कार्यक्रम संयोजकमा समिर कडेल रहनुभएको छ ।

बिपि स्टडी युथ सर्कल जिल्ला कार्यसमिति कपिलवस्तुले कोरोना महामारीको सममा बिभिन्न खालका सचेतनामुलक कार्यहरु गर्दै आईरहेको छ । समितिले कोरोनाबाट सुरक्षित रहनका लागि भन्दै केही स्वास्थ्य सामाग्रीहरु वितरणको कामलाई पनि जिल्लामा निरन्तरता दिईरहेको कार्यक्रम संयोजक कडेलको भनाई रहेको छ ।

सम्बन्धित् समाचार