गृहपृष्ठ Featured आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशभर बदली रही अधिकांश स्थानमा वर्षा हुन सक्ने छ ।

अहिले देशका अधिकांश स्थानमा बदली भइरहेको छ भने गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

भोलि देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनीलगायत प्रदेशका केही स्थानमा वर्षा हुने छ । त्यस्तै  प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै शनिबार पनि देशभर बदली रही अधिकांश स्थानमा वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार