रौतहटको मौलापुर नगरपालिकाे नगरसभामा कुटाकुट भएकाे छ । पाचाैँ नगरसभा चलिरहेका बेला दुई पक्षबीच हानाहान भएकाे हाे ।
माओवादी छोडेर एमालेमा लागेका नेता प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएकाे छ । ठूलै झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
नगरसभाको प्रमुख अतिथि प्रभु साह छन् । साे नगरपालिकाकाे प्रमुख उनकै श्रीमती रिनाकुमारी साह हुन् । विपक्षी नेताहरूले नगरपालिकामा ठूलै हिनामिना भएकाे आराेप लगाएका छन् ।







