गृहपृष्ठ Featured मुसिकोट उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष शाक्यको निधन

मुसिकोट उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष शाक्यको निधन

वैखरी अनलाइन

मुसिकोट उधोग वाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्यको ५५ वर्षको उमेरमा हृदयाघातका कारण उपचारको क्रममा निधन भएको छ । गत शनिवार उनलाई हृदयाघात भएपछि रुपन्देहीको गौतमबुद्ध अस्पतालमा उपचारको लागि लगिएको थियो ।

गए राति ११ बजे उपचारकै क्रममा निधन भएको उद्योग वाणिज्य संघका सदस्य ज्ञानहरि सापकोटाले जानकारी दिएका छन । मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाली कांग्रेस मुसिकोटका सभापति लगायत १९ वटा संघ संस्थाका प्रमुख रहेका उनलाई गुमाउनुपर्दा संस्थाहरुलाई ठूलो क्षति भएको सापकोटाले बताए ।

यता, कपिलवस्तु उद्योग बाणिज्य सघंले ब्यवसाहिक , सामाजिक र राजनीतिक ब्यक्ति गुमाउनु पर्दा ठूलो क्षती भएको बिज्ञप्ती मार्फत जनाएको छ । सघंका अध्यक्ष डोलकाम घिमिरे र महासचिव मनोज पौडेलद्धारा जारी शोक बिज्ञप्तीमा ब्यवसायीक क्षेत्र र समाजलाई उहाँको निधनले ठुलो चोट पु¥याएको उल्लेख गरिइएको छ ।

सम्बन्धित् समाचार