वैखरी अनलाइन : कपिलवस्तुको विजयनगर गाउँपालिकाले २०७८÷०७९ को लागी निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको नवौ गाउँसभामा अध्यक्ष गोपाल बहादुर थापाले निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । प्रस्तुत निति तथा कार्यक्रमले स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाईलाई प्राथमिकता दिएको छ । त्यस्तै गाउँपालिकाले प्रस्तुत गरेको निति तथा कार्यक्रमले सिचाई, युवा तथा खेलकुदका क्षेत्र समेत समेटेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।
संघीय तथा प्रदेश सरकारको बजेट संरचनालाई मध्येनजर गरेर निति तथा कार्यक्रम तयार पारिएको अध्यक्ष थापाले बताउनुभयो । सहकारीलाई बढवा दिने, गाउँपालिकाभित्र रहेका पुराना योजनालाई निरन्तरता दिने, गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थललाई गुरुयोजनामार्फत संरक्षण एवम् सम्बर्धन गर्ने जस्ता निति समेत समावेश गरिएको अध्यक्ष थापाले बताउनुभयो छ । अध्यक्ष थापाले बजेट असार २० गतेभित्र नै आउने दाबी गर्नुभयो । बजेटको आकार करिब ५५ करोडको हाराहारीमा रहने उहाँको भनाई छ ।
यस्तै कपिलवस्तुको विजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ७१ लाख ५४ हजार ९ सय ६३ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । विजयनगरले विहीवार नवौँ गाउँसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले विजयनगर गाउँपालिकाको संगठन, संरचना तथा व्यवस्थापन सर्वेक्षणको मस्यौदा अन्तर्गत वार्षिक नीति तथा कार्यक्रम, न्यायिक समिति प्रतिबेदन सर्वसम्मतबाट पारित भएको र अन्य विषय बैठकमा छलफल गरिने बताउनुभयो ।







