गृहपृष्ठ Featured औषधि व्यवसायी संघ कपिलवस्तुले ४८ औं स्थापना दिवसमा बाल गृहलाई सहयोग

औषधि व्यवसायी संघ कपिलवस्तुले ४८ औं स्थापना दिवसमा बाल गृहलाई सहयोग

कपिलबस्तु, असार १०
नेपाल औषधि व्यवसायी संघ कपिलबस्तुले ४८ औ स्थापना दिवसको अवसरमा बाल गृहका बच्चाहरुलाई विभिन्न किसिमका सामाग्री हस्तान्तरण गरेको ।

संघले आफ्नो ४८ औ स्थापना दिवसको अवसरमा बाल गृहका २९ जना बच्चाहरुलाई खाद्यन्न, फलफूल, मास्क सेनिटाईजर लगायतको सामार्गीको सहयोग गरी मनाएको छ । औषधि व्यवसायी संघले प्रत्येक स्थापना दिवसमा विभिन्न किसिमको कार्यक्रम गरी मनाउदै आइरहेको संघका अध्यक्ष धर्मराज भट्टराईले बताए ।

बालगृहका बालबालिकालाई यस्तो परिस्थितिमा सहयोग गरेकोमा बालगृहका प्रमुख राम प्रसाद अर्यालले धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रम संघका महासचिव मनिराम पाण्डेको संचालनमा भएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी हरूको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित् समाचार