गृहपृष्ठ Featured युवा कृषकलाई कृषि औजार, बाल क्लबहरुलाई खेलकुदका सामग्रि 

युवा कृषकलाई कृषि औजार, बाल क्लबहरुलाई खेलकुदका सामग्रि 

हरि घिमिरे, बोडगाँउ

बाणगंगा नगरपालिका वडा न.८ ले वडाभित्र रहेका युवा कृषकहरुलाई कृषि औजार तथा बाल क्लबहरुलाई खेलकुदका सामग्रि प्रदान गरेको छ । वडाले वडाकार्यलयमै एक कार्यक्रमको आयोजना गरेर समग्रि हस्तान्तरण गरेको हो ।

वडाले युवा कृषकहरुलाई कृषिमा अब्वल गराई आत्मनिर्भर गराउनका लागि विभिन्न कृषि समग्रि तथा कृषि औजार हरु प्रदान गरेको हो । त्यस्तै वडा ले बालबालिकाको विकासमा खेलले निकौ महत्वपुर्ण भुमिका खेल्ने हुनाले बाल क्लवहरुलाई खेल सामग्रिपनि प्रदान गरेको छ ।

वडाले कृषक हरुको लागि काउ म्याड, टनेल पलास्टिक, मलचिन पलास्टिक, ग्रिन नेट जालि, घास काट्ने मेसिन, पंखा तथा बिद्युतीय औषधी छर्ने मेसिन लगाएतका समग्रि उपलब्ध गराएको हो । त्यस्तै बालबालिकाहरुलाई भलिवल, क्रिकेट,फुटवल जस्ता विभिन्न खेलकुदका समग्रिपनि उपलब्ध गराएको वडा कार्यलयले जनाएको छ ।

खेल सामग्रि तथा कृषि औजार प्रदान गर्दै वडा अध्यक्ष गुणनिधि भुसालले युवा कृषकहरुको लागि उत्पादन मुलक कृषिमा लगावले लाग्न आग्रह गर्नुभयो । त्यस्तै वालबालिकाहरुलाई सभ्य र अनुशासित भएर खेलको बिकासमा निरन्तर अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले वडा न.८ का युवा कृषक हरुले वडालाई मात्र नभएर सिंगो नगरपालिकालाई समेत कृषिक्षेत्रमा आत्मर्निभर बनाउनमा वडा न.८ले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उता वालबालिका हरुको लागि खेल खेलेर होस अथवा अन्य तरिका वाट आफ्नो भविष्य समुज्वल पार्नका लागि वालबालिकाहरुले शिक्षा, स्वस्थ्य, खेलकुद, लगाएतमा जोड दिनुपर्ने वडा अध्यक्ष  भुसालले बताउनु भएको छ ।

युवा कृषकहरुले समग्रि ग्रहण गर्दै वडाको सहयोगले अझौ कृषि कर्म गर्ने आँट बढेको बताएका छन । खेलकुदका सामग्रि ग्रहण गर्दै वालबालिकाहरुले वडा न.८ ले समय समयमा बालविकासमा अत्यन्तै ध्यान पुर्याएकोमा खुशि व्यक्त गरेका थिए । उनिहरुले वडा अध्यक्षले दिएको सुझाव लाई सधै मनन गर्दै अगाडि बढ्ने कुरामा विश्वस्त हुन पनि वडा लाई जानकारि गराएका छन । वडा न. ८ ले ५०जना कृषक तथा ११ वाटा बालक्लव हरुलाई समग्रि प्रदान गरेको हो ।

सम्बन्धित् समाचार