आज प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको र दक्षिणी भू-भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको महाशाखाले जनाएको छ । अहिले बागमती तथा प्रदेश १ का केही स्थानमा वर्षा भइरहेको छ ।
भोलि (सोमबार) देशभर बदली रही केही स्थानमा वर्षा हुने छ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै मंगलबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।








