गृहपृष्ठ Featured पहिरोमा परी चितवनको राप्ती र कालिकामा दुई जनाको मृत्यु, तीन बेपत्ता

पहिरोमा परी चितवनको राप्ती र कालिकामा दुई जनाको मृत्यु, तीन बेपत्ता

पहिरोमा परी चितवनमा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षाले चितवनको पहाडी क्षेत्र राप्ती– १२, पर्खालमा आज बिहान सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोमा परी तीन जना बेपत्ता भएका छन् भने एक जना पुरुषको शव फेला परेको छ ।

शवको सनाखत हुन नसकेको राप्ती नगरपालिका– १२ का वडा अध्यक्ष अर्जुन प्रजाले जानकारी दिए । वडा अध्यक्ष प्रजाका अनुसार घटनास्थलमा अहिलेसम्म उद्धार टोली पुग्न सकेको छैन । ‘अहिलेसम्म खोला बढेकाले एक गाउँबाट अर्को गाउँमा पुग्ने अवस्थासमेत छैन,’ वडाअध्यक्ष प्रजाले भने, ‘घटनास्थलमा उद्धार टोली जान सकेको छैन ।’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायa उपरीक्षक सूर्यबहादुर थापाले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको जानकारी दिए ।

त्यस्तै, चितवनकै कालिका नगरपालिकामा पनि पहिरोमा परी एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका– ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको मृत्यु भएको हो । आफन्तको घरमा जाने क्रममा बाटोमा पहिरोले बगाएर कालिकाकै घैयाबारीस्थित खोलाको छेउमा उनको शव फेला परेको प्रहरीले जनाएको छ

सम्बन्धित् समाचार