गृहपृष्ठ Featured पानी लगाउन गएका भोजबहादुर बिकको खेतमा डुबेर मृत्यु

पानी लगाउन गएका भोजबहादुर बिकको खेतमा डुबेर मृत्यु

निरन्तर वर्षा भइरहेको अवस्थामा रातको समयमा खेतमा पानी लगाउन गएका तनहुँका एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।

शुक्लागण्डकी नगरपालिका- ८, का ५८ वर्षीय भोजबहादुर बिकको खेतमा आएको भेलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षा भइरहेको र रातको समयमा खेतमा गएका बिकको जागृति टोलस्थित खेतमा मृतावस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले खेतमा लडेपछि डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको बताए । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ ।

सम्बन्धित् समाचार