कपिलवस्तु : देशमा रहेका हरेक व्यक्तिलाई सहयोग पुराउदै आईरहेको राइजिङ १०० ग्रुप, हाम्रो टीम नेपाल र मेची महाकाली बुहारी संयुक्त आवाजको संयुक्त आयोजना तथा राइजिङ १०० ग्रुपका केन्द्रिय सचिव देबेन्द्र पराजुलीको नेतृत्वमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मा पर्ने मदवा स्थित शान्ति टोल तथा आसपासमा रहेका सुकुम्बासी, दैनिक ज्याला मज्दुरी गरेर खाने विपन्न सय घरधुरीलाई खाद्यान्न तथा लत्ता कपडा र केही नगद रुपैयाँसहित राहत स्वरुप वितरण गरिएको छ ।
विहिवार राहतमा १ बोरा चामल, २ किलो दाल, १ किलो मस्यौरा, १ किलो नुन, १ लिटर तेल र १ ओटा झुल वितरण गरिएको आयोजकले जनाएको छ । यसै अवसरमा १० जना विपन्न परिवारका सुत्केरी महिलालाई पनि पाँच÷पाँच हजार रुपैयाँ सहयोग गरिएको छ ।
त्यस्तै उनीहरुको १ सय ५० बालबच्चालाई नयाँ लुगा, विभिन्न कस्मेटिक समानसमेत वितरण गरिएको पराजुलीले जानकारी दिनुभएको छ । नेपालकै पहिलो कपडा बँैक खोलेको ग्रपले सय परिवारलाई पुग्ने लुगा कपडा पनि उपलब्ध गराईएको उहाँले बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं.३ का वडाध्यक्ष टेकलाल सापकोटा, समाजसेवी तथा शिक्षक जीवलाल पराजुली लगायत विभिन्न सहयोगी संस्थाको उपस्थिति रहेको थियो ।








