कपिलवस्तु : नेपाल शिक्षक महासंघ कपिलवस्तुले बाणगंगा नगरपालिका अगाडि धर्ना दिएका छन् । आफ्ना बितगदेखिका माग, मुद्दा र सम्झौता सम्बोधनको माग गर्दै नगरपालिकाका अगाडि धर्ना कार्यक्रम गरेका गरिएको हो ।
कोरोना माहामारीका बेला शिक्षक र बिधार्थीहरुलाई स्कुल संचालन हुनु भन्दा अगाडि कोभिड बिरुद्दको खोप लगाउनु पर्ने, राहत शिक्षकहरुका समस्या समाधान गर्नुपर्ने, संघिय शिक्षा ऐन जारी गर्नुपर्ने, बालबिकास शिक्षिकाहरुको पारिश्रमिक उचित ब्यबस्थापन हुनुपर्ने, बिधालय कर्मचारिहरुको समस्या सुनुवाइ हुनुपर्ने जस्ता ३४ सुत्रिय माग राख्दै शिक्षक महासंघको आयोजनामा शुक्रबार ३ घण्टा देशभरका सबै स्थानियतहमा धर्ना दिएको हो ।
संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बालविकासका शिक्षकरसहयोगीको मासिक तलब १५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेका थिए । तर तलबमा थप्नुपर्ने रकम नगरपालिका र गाउँपालिकाले बजेटमा विनियोजन नगरेपछि नेपाल शिक्षक महाँसघ आन्दोलित भएको हो ।










