गृहपृष्ठ खबर लुम्बिनी सरकारले ल्याएको सञ्चार विध्येक पुनर्लेखनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

लुम्बिनी सरकारले ल्याएको सञ्चार विध्येक पुनर्लेखनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

बुटवल : लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको सञ्चार विध्येक फिर्ता लिएर पुनर्लेखन गर्न माग गर्दै नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुले आज मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र पठाएका छन् । पत्रकार महासंघ रुपन्देहीले मुख्यमन्त्री कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो भने लुम्बिनीका अन्य जिल्ला शाखाहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएका हुन्।

पत्रकार महासंघले मिडियालाई अंकुश लगाउने खालको विध्येक कुनै हालतमा पनि स्वीकार्य नहुने बताएको छ । ज्ञापनपत्रमा सरोकारवालाहरुहरुसँग छलफल गराएर सञ्चारमैत्री विध्येक निर्माणको वातावरण बनाउन माग गरिएको छ ।

पत्रकार महासंंघ रुपन्देहीले बुझाएको ज्ञापनपत्रमा संविधानले ग्यारेन्टी गरेको मर्म र भावनालाई समेत विध्येकले व्यवस्था गरेको उल्लेख छ । ुविध्येकमा सञ्चारमाध्यम प्रकाशन प्रसारणमा रोक लगाउने आचारसंहिता उल्लंघनमा कारवाही गर्ने, सञ्चारकर्मीलाई रजिष्टारले एक वर्षसम्म कैद सजाय तथा जरिवाना गर्न सक्ने प्रावधान राखिएको छ । जुन पत्रकारिताको मूल्य मान्यता र संविधान विपरित छ ।ु ज्ञापन पत्रमा भनिएको छ ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको नेतृत्वमा महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, प्रदेशका महासचिव विक्रम खड्का लगायतको सहभागीतामा मुख्यमन्त्री कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको थियो । कार्यालयमा मुख्यमन्त्री अनुपस्थित भएपछि प्रमुख सचिव भरतमणी सुवेदीलाई ज्ञापनपत्र बुझाइएको थियो ।

सम्बन्धित् समाचार