गृहपृष्ठ खबर रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१ गतेसम्म लम्बियो : सार्वजनिक सवारीमा जोर-विजोर प्रणाली कायम

रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१ गतेसम्म लम्बियो : सार्वजनिक सवारीमा जोर-विजोर प्रणाली कायम

बुटवल : रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१ गतेसम्म लम्बिएको छ । सोमबार बसेको डिसीएमसीको बैठकले ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

सर्वाजनिक सवारी साधनमा भने यस अघि जोर–विजोर प्रणाली लागू हुने सूचना अधिकारी थापाले बताए । असार १५ गतेको बैठकले जिल्लामा सार्वजनिक सवारी साधनलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिएको थियो भने निजी सवारी साधनलाई असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिएको थियो ।

यस्तै माछा मासु तरकारी फलफुल दुग्धजन्य साम्रगीहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने छ भने अन्य व्यापार व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

सम्बन्धित् समाचार