गृहपृष्ठ Featured कपिलवस्तुमा निशूल्क आखा तथा पाठेघर जाच शिविर

कपिलवस्तुमा निशूल्क आखा तथा पाठेघर जाच शिविर

५ सय बढीको जाच
कपिलवस्तु २० असार
कपिलवस्तु नगरपालिकाका छुट्टा छुट्टै २ स्थानमा नि ःशुल्क आखा तथा महिलाहरुकोलागि पाठेघरको पाठेघरको निःशुल्क जाच तथा स्क्रीनीङ शिबिर संपन्न गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत कपिलवस्तु नगरपालिकाको सहयोगमा विकासका लागि जनचेतना कपिलवस्तुले सो शिविर राखेको हो । दुई दिने शिविर अन्र्गत पहिलो दिन तौलिहवा स्थित नेपाल परिवार नियोजन संघको कार्यालय तथा दोश्रो दिन नगरपालिका वडा नम्बर ९ स्थित स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको कार्यक्रम संयोजक अनिल क्षेत्रीले बताए । परिवार नियोजनमा १ सय ७० जनाको आखा जाच तथा १ सय ४० जना महिलाको पाठेघर जाच गरिएको क्षेत्रीले बताए । यस्तै स्वास्थ्य चौकीमा १ सय ९०जनाको आखा जाच तथा १ सय ७०जनाको पाठेघर परिक्षण गरिएको थियो । शिबिरको उदघाटन गर्दै नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ताले शिविरबाट आखाका रोगी र पाठेघरको समस्या भएका महिलाहरु लाभांविन हुने बताईन । नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताईन । रोजगार कार्यक्रमककी सहजकर्ता रुकैया खातुनले नगरपालिकाको कार्ययोजना र प्रस्ताव अनुसार गरिएको शिबिर प्रभावकारी रहेको बताईन । उनले शिबिरमा भेटिएको मोतिया बिन्दु र पाठेघरमा समस्या भएका महिलालाई थप उपचारकालागि रिफर समेत गरिएको बताईन । सो अवसरमा कार्यक्रमका निर्देशक प्रशान्त कार्कीले नगरबासीहरुको मागका आधारमा नगरपालिकाको सहयोगममा सो शिविर राखिएको बताए ।

सम्बन्धित् समाचार