गृहपृष्ठ Featured पर्वतमा बाटाे बनाउने कम्पनीकाे गाडी खाेलाले बगायाे, इन्जिनियरसहित तीन जना बेपत्ता

पर्वतमा बाटाे बनाउने कम्पनीकाे गाडी खाेलाले बगायाे, इन्जिनियरसहित तीन जना बेपत्ता

पर्वतकाे कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा त्यसमा सवार तीन जना बेपत्ता भएका छन् । गएरातिको भीषण वर्षासँगै उर्लिएकाे खेला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडीसहित त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु छन् । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि फेला पार्न सकेकाे छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।  बाढीले तीन वटा घर पनि बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरू घर छोडेर भागिहालेकाले बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार