गृहपृष्ठ Featured युवा संघका कार्यकर्ताले गरे रूपन्देहीमा माधव नेपालको पुतला दहन

युवा संघका कार्यकर्ताले गरे रूपन्देहीमा माधव नेपालको पुतला दहन

रूपन्देहीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन गरिएको छ ।

बुधबार साँझ एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवलको ट्राफिकचोकमा नेता माधव नेपालको पुतला दहन गरेको हो ।

प्रतिपक्ष दललाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको भन्दै वरिष्ठ नेता नेपालको पुतला दहन गरिएको युवा संघका केन्द्रीय सचिव तुलबहादुर अधिकारीले बताए ।

युवा संघले नेता नेपालसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पनि पुतला दहन गरेको सचिव अधिकारीले बताए । उनका अनुसार संसद विघटनलाई बदर गरेर अदातलले राजनीति गरेको भन्दै प्रधानन्यायाधीश जबराको पुतला दहन गरिएको हो ।

सम्बन्धित् समाचार