गृहपृष्ठ Featured पेट्रोलिम पदार्थको मूल्य घट्यो

पेट्रोलिम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । बुधबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १२८ रुपैयाँ र डिजेल मट्टितेलको खुद्रा बिक्री मूल्य १११ रुपैयाँ कायम भएको छ ।

निगमले आन्दोलनरत पाँच विद्यार्थी संगठनको वार्तापछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । मूल्यवृद्धिको विरोधमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनयिन र अखिल (छैठौं) ले आन्दोलन गरेका थिए ।

 

सम्बन्धित् समाचार