गृहपृष्ठ Featured रुपन्देहीमा जोर-विजोर हटाउँदै साउन १५ गतेसम्म लम्बियो निषेधाज्ञा

रुपन्देहीमा जोर-विजोर हटाउँदै साउन १५ गतेसम्म लम्बियो निषेधाज्ञा

रुपन्देहीमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म लम्बिएको छ । आज बसेको डिसिएमसीको बैठकले अझ खुकुलो बनाएर निषेधाज्ञालाई साउन १५ गतेसम्म लम्बाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।

बैठकले सवारी साधनमा जारी गरिएको जोर–विजोर प्रणाली हटाउने निर्णय गरेको छ । साथै व्यापार व्यवसाय अब जतिबेला पनि सञ्चालन गर्न पाईने साहयक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

यस्तै विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जना भन्दा धेरै राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय भएको पाण्डेले बताए ।

सम्बन्धित् समाचार