कपिलवस्तु ३१ असार
लामो समयसम्मको लकडाउनका कारण समस्यामा परेको भन्दै कपिलवस्तुको तौलिहवा स्थित बालगृहका बेसाहारा २९ बालकहरुलाई खाद्यान्न बितरण गरिएको छ । चुजी फाउन्डेशन ताईवानले बिहीवार बालगृहमा झन्डै एक लाखको खाद्यान्न सहयोग गरेको हो । भिक्षुु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले नेपाल बाल संगठनका जिल्ला अध्यक्ष गोपालमणि ज्ञवालीलाई सो खाद्यान्न हस्तान्तरण गरेका थिए । बालगृहका २९ बालकहरुलाई झन्डै दुई महिना पुग्ने गरी खाद्यान्न उपलब्ध गराईएको हो । प्रति बालक २५ किलो चामल, ५ किलो पीठो, दाल, चना, नुन तेल साबुन लगायतका सामाग्री दिइएको हो ।
सो अवसर भिक्षु मैत्रेयले चुजी फाउन्डेशनले नेपाल र बिश्वका बिभिन्न स्थानमा बिपदमा राहत बाडने तथा अन्य आवश्यक सामाग्री उपलब्ध गराउदै आएको बताए । मानवीय सेवामा समर्पित यो संस्थाले कोभिडका कारण पठनपानठमा समस्या आएकोले ल्याबटपकालागि समेत पहल गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी साउ गुप्ताले कोभिडका बेला चुजी फाउन्डेशनले कपिलवस्तुमा स्वास्थ्य सामाग्री सहित राहत बितरण तथा अन्य सामाग्री उपलब्ध गराएर निकै पुन्यको काम गरेको बताईन । सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेलले आफुले पनि बालगृहका बालबालिकाहरुलाई निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरे । साझा प्रयास अभियानका संयोजक रबि ठाकुरले चुजी फान्डेशनको सहयोगमा कोभिडका कारण मारमा परेको साढे ८ सय बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न बाडिने बताए ।
रबि ठाकुरको अध्यक्षता राम प्रसाद अर्यालको संचालनमा भएको कार्यक्रममा बाल संगठन अध्यक्ष ज्ञवाली, साझा प्रयास अभियानका सचिव राजेश ज्ञवाली लगायतले मन्तब्य दिएका थिए ।








