गृहपृष्ठ खबर कपिलवस्तुको यशोधरा गाउपालिकाको बजेट ५२ करोड ८० लाख

कपिलवस्तुको यशोधरा गाउपालिकाको बजेट ५२ करोड ८० लाख

कपिलवस्तु ३१ असार
यशोधरा गाउपालिकाले आगामी आर्थिक बर्ष ०७८।०७९ का लागि कुल बजेट ५२ करोड ८० लाख ८८ हजार २ सय ६४ रुपैया पारित गरेको छ । सातौ गाउ सभाले सो बजेट पास गरेका हो । यस्तै चालुतर्फ कुल ३७ करोड १३ लाख १९ हजार र पुजीँगत तर्फ १५ करोड ६७ लाख ६९ हजार २ सय ६४ रुपैया रहेको छ । जस मध्ये नेपाल सरकार शसर्त कार्यक्रम तर्फ १८ करोड ३७ लाख, प्रदेश सरकार शसर्त कार्यक्रम तर्फ ८५ लाख ४४ हजार, प्रदेश सरकार विशेष कार्यक्रम तर्फ ६० लाख, वडा तर्फ ५ करोड ६५ लाख तथा वित्तिय व्यवस्थापन तर्फ १२ लाख खर्च हुने अनुमान व्यय स्वीकृत भएको छ । बजेट गाउपालिका प्रमुख गिरीजेश कुमार पाण्डेयले प्रस्तुत गरेका थिए । यस्तै आर्थिक बर्ष २०७८।०७९ को लागि प्रस्ताव गरिएका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक श्रोत परिचालनका लागि गरिएका प्रबन्ध सातौँ गाउँ सभामा पेश भएको थियो ।

बजेट शिक्षा, स्वास्थ्य। कृषि, रोजगारी, पुर्वाधार बिकासमा केन्द्रित रहेको प्रमुख पाण्डेयले बताए । कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेसका जिल्ला नेता सुधाकर पाण्डेयले ४ बर्षमा यशोधरा गाउपालिकामा बिकासको गति लिएको बताए । सो अवसरमा संचारकर्मीहरु हनुमान पाण्डेय र बिजय तेलीलाई सम्मानित गरिएको थियो ।

यस्तै उत्कृष्ठ कर्मचारी, समाजसेबी, जनप्रनिनिति लगायत गरी दुई दर्जनलाइयतलाई नगद, दोसल्ला र प्रमाण पत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा उप मेयर कन्यावती उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर सिंह लगायतले मन्तब्य राखेका थिए ।

सम्बन्धित् समाचार