वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा यहीँ साउन ३ गतेबाट भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको छ । नगरपालिका भित्रका ११ वटै वडाबाट खोप लगाउने तयारी भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।
हालसम्म कुनैपनि खोप नलगाएका ५५ बर्ष भन्दा माथिका नागरिकलाई खोप लगाइने पौडेलले बताए । बिश्व बिद्यालयका प्रध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका सञ्चालक चालक, सह चालक र बिदेश जान लागेका नागरिकलाई खोप लगाइने पौडेलले बताए । खोप साउन ५ गतेसम्म लगाइने छ ।








