गृहपृष्ठ खबर १४ हजारको परीक्षण गर्दा २९ सय जनामा कोरोना पुष्टि, ४३ को मृत्यु

१४ हजारको परीक्षण गर्दा २९ सय जनामा कोरोना पुष्टि, ४३ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टा कोरोना भाइरसका संक्रमण बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना परीक्षणसम्बन्धी विवरणअनुसार बिहीबारको तुलनामा शुक्रबार संक्रमितको संख्या बढेको देखिएको हो ।

शुक्रबार १४ हजार १८२ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार १२ हजार ७६८ नमुनाको परीक्षण गर्दा २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको थियो ।

आज ९ हजार ६१३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ जनामा कोरोना पुष्टि भएको छ भने ४ हजार ५६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९३० जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

आज काठमाडौंमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज १ हजार ७५ जना कोरोना संक्रमणबाट निको भएका छन् । हिजो १ हजार ७५६ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । अहिलेसम्म नेपालमा संक्रमण जित्नेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ ।

सम्बन्धित् समाचार