गृहपृष्ठ Featured आज अधिकांश भू-भागमा पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना

आज अधिकांश भू-भागमा पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना

आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती,  प्रदेश २ तथा  प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले हाल देशभर बदली रही गण्डकी, प्रदेश १, प्रदेश २, बागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको जनाएको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

त्यस्तै सोमबार देशभर बदली रही अधिकांश भू-भागमा वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार