गृहपृष्ठ खबर आज धेरै स्थानमा पानी पर्ने, यी स्थानमा हुँदै छ भारी वर्षा

आज धेरै स्थानमा पानी पर्ने, यी स्थानमा हुँदै छ भारी वर्षा

आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । त्यस्तै सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिँदै महाशाखाले अहिले देशभर बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायतका केही स्थानमा वर्षा भईरहेको जनाएको छ ।

भोलि देशभर बदली रही अधिकांश स्थानमा वर्षा हुन सक्ने छ । प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको  सम्भावना छ । सुदुरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षा हुन सक्ने छ ।

त्यस्तै मंगलबार देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने छ । गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा मेघ गर्जसहित भारी वर्षा हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार