गृहपृष्ठ Featured मृत्यु भएको १९ बर्ष तर सम्झनामा आदित्य राज ज्ञवाली अझै जिवित

मृत्यु भएको १९ बर्ष तर सम्झनामा आदित्य राज ज्ञवाली अझै जिवित

प्रकाशित मिति:

वैखर अनलाइन
मृत्यु भएको १९ बर्ष बिति सक्दा पनि कांग्रेस कपिलवस्तुका नेता तथा कार्यकर्ताले भुल्नै नसकेको नाम हो “आदित्य राज ज्ञवाली ”।
बि.स. २००८ साल माघ महिनामा गुल्मीको मनाकोटमा बुवा कृष्णराज ज्ञवाली र माता दुर्गादेवि ज्ञवालीको कोखबाट ८ सन्तानमध्य जेठो सन्तानका रुपमा जन्म भयो आदित्य राज ज्ञवालीको । गर्मीमा पहाडको घर र अरु समयमा हालको बाणगंगा २ राजपुरमा उहाँका बुवा र परिवारको बसाई हुन्थ्यो ।

ज्ञवालीका तीन भाईहरुमध्य शक्ती राज ज्ञवाली र रवि राज ज्ञवाली अझै राजनिति र सामाजिक सेवामा सक्रिय हुनुहुन्छ भने कान्छाभाई शम्भु राज ज्ञवालीको सवारी दुर्घटनामा परि मृत्यु भई सकेको छ । ४ बहिनिहरु शान्ता, माधवी, रमा र बिन्दु हुनुहुन्छ । २०३१ साल जेठ महिनामा गुणलक्ष्मी अधिकारीसगं बैवाहिक जिवनमा बाधिुन भएका ज्ञवालीका २ छोराहरु सन्तोष राज ज्ञवाली र स्रमाट राज ज्ञवाली त्यस्तै ३ छोरीहरु सुम्नीमा, शर्मिला र सुनिता रहेका छन ।

आदित्य राज ज्ञवाली सानैदेखि अर्काको दुखमा सहयोग गर्ने र निडर स्वभावका हुनुहुन्थ्यो । उहाँले पुर्व मध्यमा शिक्षा कपिलवस्तु जिल्लाको तौलीहवामा रहेको तौलेश्वर सस्कृत माध्यमिक बिद्यालयबाट गर्नु भयो भने बि.कम सम्मको शिक्षा बनारसबाट गर्नु भयो । पि.एच.डि गर्नका लागी उहाँ बनारस पुग्नु भएको थियो ।

राजानिति यात्रा
२० बर्षको उमेरमा नेपाली कागेंस पार्टीबाट उहाँको राजनिति यात्रा सुरु भयो । अध्ययनका लागी भारतको बनारसमा रहनु भएका ज्ञवालीले तरुण दल प्रभास क्षेत्रबाट राजनिति सुरु गर्नु भएको हो । नेपाली कांग्रेसका नेता बिपि कोइराला र गणेशमान सिहंले एकदिन ज्ञवालीलाई बनारसमा रहेको आफनै कोठामा बोलाएर यहाँ तिमि नबस जिल्ला गएर राजनिति र सगंठन बनाउन आग्रह गर्नुभयो र पि.एच.डि गर्ने सपना छोडेर यहाँ आउनुभयो आदित्यराज ज्ञवाली ।

कपिलवस्तु आएर उहाँले लुम्बिनि बिद्यार्थी सघंको सस्थापक नेतृत्व लिएर सगंठन निमार्णमा लाग्नु भयो । नेपाली कांग्रेस कपिलवस्तु जिल्लाको संस्थापक सदस्य भएर जिल्लाभर उहाले सगंठन बिस्तार गर्नु भयो । त्यो ताका उहाँका सहपाठी साथीमा दिप कुमार उपाध्याय, रमेश शर्मा, कमलेश शर्मा, हरि गौतम, दुर्गा सेन, सागर श्रेष्ठ लगायत हुनुहुन्थ्यो ।

त्यो समयमा उहाँकै पहलमा तत्कालिन बाल प्रा.वि, बाणगंगा प्रा.वि र सिद्धार्थ क्याम्पस लगायतल दर्जनौ सघं संस्थाको स्थापना भएको हो ।

त्यो अन्तीम दिन (२०५९÷४÷२ गते)
सुर्य नयाँ बिहानीका साथ उदायो । ज्ञवाली पनि सबैरै उठ्नु भयो । घरमा खेतमा रोपाई गर्ने भनेर दिन जुरेको थियो । रोपाईका लागी दाङबाट करिव २०÷२२ जना थारु समुदायका कामदार बिहानै हलो जुवा बोकेर खेतमा लागे भने कोहीँ बिउँ काट्न ।
घरमा रोपाई हुनेपछि सबै हतार हतारमा भित्र बाहिर र खेत गरी रहेका थिए । जतात्यतै रोपाईनै चली रहेको थियो हुन्त पाथि रापेर मुरी फलाउने सिजननै चलेको समय थियो । गाउँघरका केही मानिस समस्या लिएर आए केही तत्काल समाधान गरेर त केही समाधान गर्ने बाटो देखाएर पठाउनु भयो र फेरी आफु खेतमा कस्तो काम हुदैँछ भनेर खेतमै जानुभयो । खेतमा आउने जाने काम दिनभरनै चली रह्यो । दिउसो खेतलासगंंै बसेर सुखदुखका कुरा साटासाट् गर्नु भयो । आफना कुरा सुनाउने भन्दा अरुका कुरा सुन्ने र मात्र बोल्ने बानी भएकाले ज्ञवालीसगं कुराकानी गर्न सबै रुचाउथे ।
त्यो दिन अबेर साझ ६ बजे रोपाई सकियो र दाङबाट आएका कामदारले घरकै १ टहरोमा खाना पकाएर खान थाले । यता थकाईले गर्दा होला सबैले आज छिटो सुत्ने भन्दै घरमापनि सबैले खाना खाइउरी कोठाकोठा लागी सकेका थिए । समयले करिव ८ बजायो । करिव २०० बढिको समुहमा माओवादीका तत्कालिन कार्यकर्ताले घर घेर्छन । बुवालाई प्यारालाइसेस भएकाले पालैपालो हेर्ने जिम्मा थियो ।
त्यहीबिचमा २ जनाले ज्ञवाली खै भन्दै घरको मुल ढोकामा आई पुग्छन । ज्ञवाली माथि कोठामा आराम गरी रहनु भएको थियो ।
घरको तल्लो ढोका छेउको कोठमा बुढाबुढि भएका आमा र बुवा सुत्नु हुन्थ्यो । सो ढोकामा बाहिरबाट चुकल लगाई दिएर उनीहरु मथि ज्ञवाली रहेको कोठामा लाग्छन । माओवादी कार्यकर्ताले तपाई बिरुद्ध पार्टीमा उजुरी परेको छ हामीसगं हिड्नुस भन्दै थर्काउन थाल्छन । ज्ञवालीले दुवै हात जोड्दै मैले के गल्ती गरे , मेरो केही गल्ती छैन्, म समाजसे िमान्छे हो भन्नुहुन्छ । तर उनीहरु मान्दैनन् र भन्छन हामीसगं हिडनुस नत्र ठिक हुदैन ।
बारम्बारको बिन्ती नमानेपछि रातो टाउजर मात्र लगाएका ज्ञवाली तल झनुहुन्छ । ज्ञवालीकी श्रीमति गुणलक्ष्मीलाई महिला माओवादी कार्यकर्ताले छोप्छन र त्यही बस्न भन्छन ।
घरकै आगनमा त्यसको केही मिनेटमै ३ राउण्ड गोली चल्छ आदित्यराज ज्ञवालीको शरिरमा र घटना स्थलमै उनको मृत्यु हुन्छ । छाती र कोखोमा गाली लागेका ज्ञवाली सधै सधैका लागी सबैबाट बिदा हुन्छन ।
माओवादी जिन्दावाद भन्दै नन्दनगर तर्फ लाग्छन माओदीका कार्यकर्ताहरु । केहीछिनमै यो खबर जतात्यतै पुग्छ । प्रहरी पनि आइपुग्छ । रोदन बाहेक कसैसगं केही बिकल्प नभएपछि रातभर घरमा रुवाबासी चल्छ । अर्कोदिन सबैरै सबै उठ्छन तर आदित्यराज ज्ञवाली कहिल्यै नउठ्ने गरी बिदा हुनु भएको थियो ।
त्यो शवलाई तुल्सीरहेको मैरी छेउमा राखीन्छ, रुवाबासी चलीरहन्छ तर उनको अन्तीम झल्को पाउन ८० हजार बढि हिडेर, साइलक र मोटरसाइकलमा आउछन । गाउका खेत र सडकभरी आखामा आशु भरीएका उनले सहयोग गरेकाहरुको भिडभाड हून्छ । उनको शव लक्ष्मणघाटमा दाहसंस्कार गरिन्छ । सो समयमा नेपाली कांग्रेसका स्वर्गिय नेता गिरिजा प्रसाद कोइराला, शुसिल कोइराला, खुम बहादुर खड्का त्यस्तै हालका प्रधानमन्त्री शेर बहादुर देउमा , कांग्रेस नेता राम चन्द्र पौडेल, राम शरण महत जस्ता नेताहरु श्रद्धाञ्जली दिन उहाँकै निवास आएका थिए ।
हो तिनै नेता आदित्यराज ज्ञवालीको आज १९ औँ बार्षिकि तिथि रहेको छ । अझै पनि कपिलवस्तुका बासीलाई नभएपनि सदैव याद आउने नेता ज्ञवाली प्रति हाम्रो पनि सम्झना ।

 

सम्बन्धित् समाचार