वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १० का कांग्रेस नेता मुकेश प्रसाद खनालको मृत्यु भएको छ । ५० बर्षका खनाल कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
बिगत करिव १ महिनाबाट काठमाण्डौ उपचाररत रहेका खनालको आज मृत्यु भएको हो । खनाल कामता माविका ब्यवस्थापन समितिका अध्यक्ष सहित नेपाली कांग्रेसको बिभिन्न पदमा रही काम गर्नु भएको थियो । उनको घरमा १ श्रीमति २ छोरा रहेका छन ।








