गृहपृष्ठ Featured सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राजमार्ग पहिराले थुन्याे, यात्रु अलपत्र

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राजमार्ग पहिराले थुन्याे, यात्रु अलपत्र

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान गैरानजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडकमाथिबाट ठूलाठूला ढुङ्गा र रुखसँगै आएको पहिराका कारण राजमार्ग थुनिएकाे हाे ।

अवरुद्ध राजमार्ग पुनःसञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिराले ठूला ढुङ्गा र रुख ल्याएकाले पन्छाउन समस्या भइरहेको प्रहरीचौकी गैराले जनाएको छ । पहिराले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् ।

सम्बन्धित् समाचार