गृहपृष्ठ Featured बैतडीमा मन्दिरको ९ तोला सुन चोरेको अभियोगमा पाँच जना पक्राउ

बैतडीमा मन्दिरको ९ तोला सुन चोरेको अभियोगमा पाँच जना पक्राउ

प्रकाशित मिति:

बैतडीको लटिनाथ मन्दिरको  सुन चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

दोगडाकेदार गाउँपालिका-१ रिमस्थित लटिनाथ मन्दिरको ९ तोला सुन गत पुसमा चोरी भएको थियो ।

सुन चोरी भएको ६ महिनापछि शनिबार दोगडाकेदार गाउँपालिका–१ रिमका धनबहादुर कार्की, सोही ठाउँका लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

यस्तै चोरीको सुन खरिद गर्ने दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

मन्दिरको ९ तोला सुन चोरी भए पनि प्रहरीले भने पौने चार तोला मात्रै सुन बरामद गरेको छ । सुन चोरीमा संलग्नमाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार