गृहपृष्ठ खबर छाडा पशुचौपायाको उपचारमा बुद्धभुमी जेसिस

छाडा पशुचौपायाको उपचारमा बुद्धभुमी जेसिस

प्रकाशित मिति:

सुशील गैरे,
सवारी साधनको ठक्करबाट घाइते भएका छाडा पशुचौपायाको उपचारमा बुद्धभुमि जेसिस सकृय भएको छ।जिल्लाको बुद्धभुमी नगरपालिकाको राजमार्ग क्षेत्रमा छाडा छाडिएका पशुचौपायाका कारण दैनिक जसो दुर्घटना हुँदै गएपनि स्थानीय सरकारले कुनै चासो नदेखाएको बेला बुद्धभुमी जेसिस घाईते पशुचौपायाको उपचारमा खटिएको छ।                                         सधै स्थानीय सरकारको मुख ताक्नु भन्दा युवाले केही गरेर देखाउनु पर्ने बुद्धभुमी जेसिस वर्ष २०२१ का अध्यक्ष बेदान्तमणि पोख्रेलले बताएका छ्न । जेसिस विभिन्न समाजिक काम गर्दै आइरहेको र निरन्तर सामाजिक काममा खटिने कार्यकारिणी उपाध्यक्ष सुमन खड्काले बताए ।

जेसिसले आउने सनिवार बुद्धभिमी क्यापस परिसरमा विक्षारोपण गर्ने योजना बनाएकाले उपस्थित हुन सम्पुर्ण नगरबसिलाई पोख्रेलले अनुरोध समेत गरेका छन् ।     

सम्बन्धित् समाचार