गृहपृष्ठ खबर कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका- ३ स्थित महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पुलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

बुधबार बिहान करिब ११ बजे सेमरीबाट तौलिहवा तर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पुलाई सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको हो।

दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सेमरी निवासी अतिकूर रहमानका ३ वर्षीय छोरा महफुज मुसलमान गम्भीर घाइते भएका थिए। उनको चौराहा अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा टेम्पु चालक कपिलवस्तु नगरपालिका वडा नम्बर ३ वर्गदवाका ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन्।

उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका अन्य ८ जनाले सामान्य उपचारपछि घर फर्किएको जनाइएको छ।

ठक्कर दिने सशस्त्र प्रहरीको गाडी र चालकलाई हालसम्म नियन्त्रणमा नलिइएको भन्दै पीडित परिवारले गुनासो गरेका छन्।

मृतक बालकको शव कपिलवस्तु अस्पतालमा राखिएको छ।

सम्बन्धित् समाचार