गृहपृष्ठ Featured देशभर २४ घण्टामा थपिए ३१ सय कोरोना संक्रमित, थप २३ जनाको मृत्यु

देशभर २४ घण्टामा थपिए ३१ सय कोरोना संक्रमित, थप २३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५१९ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही अवधिमा नेपालमा १ हजार ९१६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ । निको हुने दर ९४.१ प्रतिशतमा झरेको मन्त्रालयले जनाएको छ ।

नेपालमा आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८५७ पुगेको छ ।

नेपालमा २४ घण्टामा २८ हजार ९४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो डोज लगाउनेको संख्या ३९ लाख ३६ हजार ७२४ पुगेको छ भने दुवै डोज लगाउनेको संख्या १७ लाख ४५ हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार