वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिमा बनेको पशु बिकास कार्याकलयको भवन एक कार्यक्रमकाबिच हस्तान्त्रण गरिएको छ । नगरपालिकाको भवनमा आयोजित एक कार्यक्रमकाबिच सो भवन नगरपालिकालाई हस्तान्त्रण गरिएको हो ।
भवन हस्तान्त्रण कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख मगंल प्रसाद थारुले यस भवनको निमार्णपछि नगरभित्र पशुपालन ब्यवसाय गरेका कृषकलाई नगरबाट सेवा प्रदान गर्न सहज हुने बचाएका छन । साथै मेयर थारुले नगरभित्रका ११ वटा बडालाई छुट्टाछुट्टै रुपमा कसैलाई दुध, मह र अण्डाको पकेट क्षेत्रका रुपमा बिकास गरिने नगरको योजना रहेको बताए ।
त्यस्तै नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बाणगंगा नगरपालिका धान, गहु, दुध, मह, मासु र कुखुराको अण्डा आत्मनिर्भर रहेको बताउदै निर्यातमा जोड दिई कृषकलाई ब्यवसायिक बनाउन नगरपालिका नियमित लागेको बताए ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले पशुपालन गरेका कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले कुनै कसर बाकी नराख्ने बताउदै ब्यवसायी प्रवर्धनका लागी नगरपालिकाले निति तथा कार्यक्रम ल्याउने बताए ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्धारा आयोजित भवन हस्तान्त्रण कार्यक्रममा आयोजना प्रमुख बिश्वनाथ गौतम र आयोजनाका बुटवलस्थित कार्यालयका प्रमुख पुरषोत्तम त्रिपाठीले भवन निमार्णले यस क्षेत्रका पशुपालन कृषकलाई सेवा लिन सहज हुने बताउदै थप सेवा प्रदान गर्न नगरपालिकाले उपकरण ब्यवस्थापनमा लाग्नु पर्ने बताएका छन ।
नगरपालिकाको भवन छेउमा निमार्ण भएको पशु बिकास कार्यालय करिव १ करोड ७ लाख बढि लगानीमा निमार्ण भएको बाणगंगा नगरपालिकाका पशु बिकास शाखाका प्रमखु राज कुमार तिवारीले जानकारी दिए ।








