भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली तर्ने क्रममा तुइन काटिदिँएको विरोधमा कपिलवस्तुमा विरोध प्रदर्शन गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी कपिलवस्तुको आयोजनामा शनिबार चन्द्रौटामा विरोध प्रदर्शन गरिएको हो ।
उनीहरुले ‘सीमामा भईरहेको भारतीय ज्यादती बन्द गर’, ‘लिपेलुक कालापानी हाम्रो हो’, ‘नेपाल र नेपालीमाथि भईरहेको हत्या हिंसा बन्द गर’ लगाएतका नारा र प्ले कार्ड सहित प्रदर्शनमा उत्रीएका हुन् । शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा ३५ वर्षीय जयसिंह धामी नदीमा बेपत्ता भएका थिए ।