गृहपृष्ठ Featured कांग्रेस नेतृत्वको गठबन्धन सकारलाई चुनौतपूर्ण जिम्मेवारी प्राप्त ः उपाध्याय

कांग्रेस नेतृत्वको गठबन्धन सकारलाई चुनौतपूर्ण जिम्मेवारी प्राप्त ः उपाध्याय

प्रकाशित मिति:

नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले  नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सकारलाई चुनौतपूर्ण जिम्मेवारी प्राप्त भएको बताउनुभएको छ ।नेपाली कांग्रेस कपिलवस्तु नगरपालिका अन्तरगत वडा नम्बर ९ को चौधौँ वडा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै नेता उपाध्यायले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पार्टीका स्थानीय नेता कार्यक्रताहरुको उचित स्थानमा व्यवस्थापन गर्न सके संगठन पनि बलियो हुने र आगामी निर्वाचनमा पार्टीको बहुमत पनि सुनिश्चित हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तुका पुर्व पार्टी सभापति राजेश आचार्यले पार्टी बलियो बनाउन आगामी निर्वाचनमा कुनैपनि पदको इच्छा नराखी संगठन निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । यस्तै कार्यक्रमका सभापति समेत रहनुभएका कपिलवस्तु नगरपालिका ९ का वडा सभापति देवेन्द्र पोख्रेलले जगदिशपुर ताल विश्व सम्पदा सूचीमा परेको र दिन प्रतिदिन पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएकाले भिडभाड पनि बढी हुने र गलत क्रियाकलाप पनि बढ्ने खतरा रहेको भन्दै त्यस्ता गतिविधि रोक्न वडा प्रहरी कार्यालयको आवश्कता रहेको बताउनुभयो ।

वडा सभापति पोख्रेलको सभापतित्व  रहेको कार्यक्रममा नेपाली कांग्रेसका ६० वर्ष उमेर माथिका क्रियाशिल सदस्यहरुलाई सम्मान गरिएको थियो भने सदस्यताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

सम्बन्धित् समाचार