गृहपृष्ठ Featured आजको मौसम : केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने

आजको मौसम : केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने

प्रकाशित मिति:

आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही भू-भागमा मेघ गर्जनसहित भारी हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

अहिले देशका अधिकांश भू-भागमा बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा वर्षा भइरहेको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १ बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । भोलि राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार देशभर बदली हुने छ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार