गृहपृष्ठ Featured साढे १३ हजारको परीक्षण गर्दा ३२ सयमा कोरोना पुष्टि, १९ को मृत्यु

साढे १३ हजारको परीक्षण गर्दा ३२ सयमा कोरोना पुष्टि, १९ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३२ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ नमुनाको एन्टिजेन तथा पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

सोही अवधिमा १ हजार ७२२ जना निको भएका छन् भने १९ जनाको संक्रमणका कारण मृत्यु भएको छ । देशभर ३५ हजार ४३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ६ लाख ६७ हजार २७० जना संक्रमणमुक्त हुँदा १० हजार ३८ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित् समाचार