गृहपृष्ठ Featured कपिलवस्तु प्रहरीद्धारा एकैदिन ८१ जना फरार प्रतिवादी प्रकाउ

कपिलवस्तु प्रहरीद्धारा एकैदिन ८१ जना फरार प्रतिवादी प्रकाउ

प्रकाशित मिति:

वैखरी अनलाइन

कपिलवस्तु प्रहरीले एकैदिन मङगलबार ८१ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ । विभिन्न मितिमा लागुऔषध, लुटपिट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई जिल्ला अदालतले दोषी ठकर गरी फरार रहेका ८२ जना प्रतिवादीलाई प्रहरी प्रकाउ गरेको हो ।

प्रहरीको ’फ्याप’ कार्यक्रम अन्तर्गत सूचना संकलन गरि एकै दिनमा ८१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख दान बहादुर कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुसँगै कृष्णनगर, गणेशपुर, चन्द्रौटा, पिपरा, गोरुसिङगे, पकडीले सबैभन्दा धेरै फरार अपराधी पक्राउ गरेका छन् । यसरी पक्राउ गरिएका फरार प्रतिवादिहरुलाई फैसला बमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराईएको छ ।

विशेष गरि सवारी ज्यान, लागुऔषध, जालसाजी, जुवा, चेक अनादर, अंगभंग, वनपैदवार, लुटपिट, कुटपिट आदि गरि १२ वटा विभिन्न कसुरमा संलग्न भई अदालतको फैसला पश्चात् फरार रहेका ८१ जना मानिसलाई विशेष सूचनाको बिकास गरी सोही आधारमा प्रकाउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार