गएराति गुल्मीमा चट्याङ्ग लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–२ पाटाखर्क निवासी २८ बर्षीया महिला कमला पर्तेलको मृत्यु भएको हो ।
गएराती मोबाइल चार्ज गर्ने क्रममा चट्याङ्ग लागेर गम्भीर घाइते भएकी कमलाको मृत्यु जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
डिएसपी पाण्डेका अनुसार हिजो नै इस्मा गाउँपालिकाका ११ बर्षीय बालक राहुल गन्दर्भ सहित दुई जनाको मृत्यु भएको थियो ।
उनका अनुसार हिजो साँझ इस्मा गाउँपालिका–४ दोहोली कुखुरिकाच्यानाका ११ बर्षीय बालक राहुल गन्दर्भ चट्याङ्ग लागेर गम्भीर घाइते भई उपचारका लागि सदरमुकाम जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
उनीसँगै गम्भीर घाइते उनका बाबु रामबहादुर गन्दर्भ, सोही वडा मालारानी गाउँकी २५ बर्षीया रुपा नेपाली र उनका भानिज ११ बर्षीय किस्मत नेपालीलाई जिल्ला अस्पताल तम्घासबाट थप उपचारका लागि गएराती नै पाल्पा पठाइएको छ ।