रोल्पामा भएको एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु भएको छ । माडी गाउपालिका वडा नं. २ मा बिहान साढे ३ बजेतिर स्मृति अस्पताल प्रा.लिको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
चालक रोल्पा कोर्चवाङकै रहेको इलाका प्रहरी कार्यालय घर्ती गाउँले जनाएको छ । भैरहवाबाट कोर्चवाङ शब पुराएर फर्कने बेला शहीद मार्ग सडक खण्डको माडी २ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ६ सय मिटर तल खसेको छ ।







