गृहपृष्ठ Featured बाँध फुटेर आएको बाढीले बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गयो

बाँध फुटेर आएको बाढीले बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गयो

जुम्लामा बाढीले बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । हिमाली जडिबुटी सेतकचिनी कोरेर घर फर्किने क्रममा जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ७ का एक बालक सहित ३ जनाको ज्यान गएकोे हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार ६० वर्षका बिर्खे रावत, ३५ वर्षकी जैसरा रावत र १० वर्षका छोरा सन्देस रावतको ज्यान गएको छ । जैसरा र सन्देस आमाछोरा र बिर्खे रावत सन्देसको ठूलो बुवा रहेको प्रहरीले जनाएको छ ।

स्थानीय खोलाको पानी जम्मा भएर ताल बनेको र त्यो ताल फुटेर आउँदा बगाएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेको भनाइ छ । ‘माथि पानी जम्मा भएर ताल भएको रहेछ, तल खोला तर्ने क्रममा, त्यही समयमा ताल फुटेर बाढी आउँदा बगाएको हो’, उहाँले भन्नुभयो । घटना दुई दिन अघि भए पनि सदरमुकाम भन्दा निकै टाढा र टेलिफोन सम्पर्क नभएकाले घटनाको जानकारी प्रहरीलाई शुक्रबार मात्र भएको र स्थानीय सहितको सहयोगमा उद्धार गरिएको बताइएको छ ।

सम्बन्धित् समाचार