कपिलवस्तु : कपिलवस्तुको वाणगंगा ९ स्थित चौवहा र कोपिलधाम जोड्ने नदिको कजवे माथिबाट आएको बाढीले बगाउँदा बेपत्ता पशुपति पौडेलको आज (आईतबार) चौथो दिन शव भेटिएको छ । हर्दौना अन्तरगत पर्ने महाराजगन्ज नगरपालिकाको वार्ड न ८ सिमरा क्षेत्रभित्र पौडेलको शव फेला परेको हो ।
स्थानीयले एउटा शव देखेको भने उक्त ठाउँमा खोजि गर्दा पौेडेलको शव भेटिएको कपिलवस्तु प्रहरी डिएसपि धर्मराज भण्डारीले बताउनु भएको छ ।
पौडेललाई साउन २८ गते बिहीबार दिउँसो नदी पार गर्ने क्रममा कोईली पुल माथिबाट नै बगाएको थियो । पौडेलको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको प्रहरीले जनाएको छ ।







