गृहपृष्ठ Featured वुमन केयर नेपालद्धारा सप्ताह ब्यापी माक्स बितरण अभियानको जितपुरमा समापन

वुमन केयर नेपालद्धारा सप्ताह ब्यापी माक्स बितरण अभियानको जितपुरमा समापन

वैखरी अनलाइन
वुमन केयर नेपालद्धारा सञ्चालित सप्ताह ब्यापी माक्स बितरण अभियान सम्पन्न भएको छ । रुपन्देही जिल्लाबाट सुरु भएको अभियान आज कपिलवस्तुको चार नः जितपुरमा माक्स बितरण गर्दै समापन भएको हो ।
समापन कार्यक्रम कपिलवस्तुको जितपुर चोकमा २ हजार बढि माक्स पैदल यात्री, साइकल यात्री, स्कुटर बाइकमा सवार तथा बस, ट्रक उइङ्गर लगायत ब्यक्तिहरुलाइ खाली आएकोलाई बाढीएको वुमन केयर नेपालकी राष्ट्रीय अध्यक्ष रिता केसिले बताइन ।


सो अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अथिति तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका उपाध्यक्ष तथा बरिष्ठ समाजसेवि तुल्सी राम  घिमिरेले कोरोनाको महामारी जनचेतना जगाउन माक्स बितरण अभियान ठुलो सहयोग पुग्ने बताए ।
उता सप्ताह ब्यापी कार्यक्रम समापन भएपनि नियमित रुपमा वुमन केयर नेपालले माक्स बितरण अभियानलाई जारी राख्ने वुमन केयर नेपाल कपिलवस्तुकी संयोजक सिता रुचालले बताइन ।

सम्बन्धित् समाचार