गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा चार नः जितपुर चोकमा माक्स बैंक स्थापना

कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा चार नः जितपुर चोकमा माक्स बैंक स्थापना

वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंले जिल्लाको बाणगंगा नगरपालिकाको चार नः जितपुर चोकमा माक्स बैंक स्थापना गरेको छ ।कोरोनाका महामारीको तेस्रो लहर आउने चेतावनी आईरहेका बेला अनिर्वाय माक्स लगाउन र भौतीक दुरी कायम राख्न आवश्यक देखिएकाले सघंको पहलमा आजबाट माक्स बैंक स्थापना गरीएको हो । माक्स बैंक स्थापना कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै कपिलवस्तु प्रदेश १ (क) का प्रदेश सभा सदस्य बिष्णु पन्थीले कोरोना यो महामारीबाट बचाउँन सबैले माक्स लगाउन अनिर्वाय भएकाले माक्स बंैक स्थापनाले त्यसमा टेवा पुग्ने बताए । सघंले उदारणीय कामको थालनी गरेको बताउदैँ सासंद पन्थीले माक्स बैंकमा माक्सको कमि हुन नदिन आफुले पनि निरन्तर सहयोग गर्ने बताए ।

त्यस्तै माक्स बैंकका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका उपाध्यक्ष खुमानन्द घिमिरेले माक्स बैंकमा माक्सको कमि हुन नदिने साथै दिन सक्ने वा क्षमता भएकाले सहयोग गर्न पनि सक्ने बताए । साथै घिमिरेले माक्स बंैक अभियान प्रभावकारी भए अन्य क्षेत्रमा पनि कपिलवस्तु उद्योग बाणिज्य सघंको नेतृत्वमा माक्स बैंक स्थापना गरिने बताए । त्यस्तै सघंका अध्यक्ष डोलकराम घिमिरेले माक्स बैंकको स्थापनासगै कोरोना बिरुद्धको खोप ब्यवस्थापनमाा पनि लाग्ने र त्यसका लागी सबैले सम्बन्धीत निकायलाई झक्झकाउनु पर्ने बताए । सघंले आफनो कार्य क्षेत्रभित्रका मुख्य मख्य बजारमा माक्स बंैकको स्थापनाको लक्ष्य लिएको समेत बताए ।


कार्यक्रममा बाणगंगा नगरपालिका वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्रचार्य, सिद्धार्थ नगर बजार बिकास समितिका अध्यक्ष बिष्णु थापा, लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसाल, बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाण, कपिलवस्तु उद्योग बाणिज्य सघंका एसोसियट उपाध्यक्ष बिरेन्द्र खाण, महिला उपाध्यक्ष इन्द्रीरा तिमिल्सिना, जनपथ तथा शसस्त्र प्रहरीका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

चोकमा रहेको प्रहरी बिटमा खटीएका प्रहरी तथा शसस्त्र प्रहरीले चोकमा माक्स नलाई हिडेकालाई निशुल्क माक्स उपलब्ध गराउने छ । कार्यक्रम सघंका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता र सचिव कोपिल पौडेल(खिमानन्द)को सञ्चालनमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित् समाचार