वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले ५० वटा भैसी लागत साझेदारीमा कृषकलाई हस्तान्त्रण गरेको छ । नगरपालिकाको वडा नः २ नन्दनगरमा भएको कार्यक्रममा ५० कृषकलाई भैसी हस्तान्त्रण गरिएको हो । जसमा कैलाश आश्रम कृषी सहकारी संस्थाको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता रहेको थियो । सहकारीले अहिले दैनिक ७ सय लिटर दुध वडाबाट जम्मा गरि रहेको छ । लागत साझेदारी हुलाकी राजमार्ग दध उत्पादन कार्यक्रम अनुसार भैसी हस्तान्त्रणपछि वडाभित्र थप ५ सय लिटर दुध उत्पादन बढने बिश्वास लिइएको छ ।
सहकारीमा रहेका १८० शेयर सदस्य मध्ये५० कृषकलाई लागत साझेदारीमा भैसी हस्त्रान्त्रण गरिएको बाणगंगा नगरपालिकाका पशु बिकास शाखाका प्रमुख राज कुमार तिवारीले बताए ।

कार्यक्रममा बोल्दै बाणगंगा नगपालिकाका प्रमुख मगंल प्रसाद थारुले नगरपालिका दुध, मह, कुखुराको अण्डा र मासुमा आत्मनिर्भर भईसकेको बताउदै तरकारी र फलफुलमा अव नगरलाई आत्मनिर्भर बनाउने लक्ष्य नगरले लिएको बताए । नगरभित्र उर्वर भुमी र कृषीमा रुची गर्नेको सख्ंया पछिल्लो समय बढदै गएको बताउदै थारुले ब्यवसायीक रुपमा कृषी खेती गर्नेलाई प्राथमिकता दिइने बताए । त्यस्तै नगरपालिकाका उप प्रमुख चक्र अर्यालले युवाहरुलाई बिदेश जानबाट रोक्न पहिलो रोजगारीको आधार कृषीनै भएकाले युवाहरुलाई कृषीमा लाग्न आग्रह गर्दै त्यसका लागी नगरपालिकाले सहयोग र प्रोत्साहन गर्ने बताए ।
त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले नेपाल कृषी प्रधान देश भएकाले युवाहरुलाई कृषीमा लाग्न जोड दिदैँ ब्यवसायीक कृषकको स्तर उन्नतीका लागी नगर सदैव तत्पर भई काम गर्न तयार रहेको बताए । वडा नः २ का अध्यक्ष तथा बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले वडा नः २ को भुमि कृषीका लागी राम्रो रहेको बताउदै वडालाई दुग्ध उत्पादन केन्द्रका रुपमा बिकास गर्न वडा कार्यालय लागेको बताए ।

नगरपालिकाले कृषकको गोठ सुधार, काउ म्याट , मिल्क क्यान, भ्याक्सीनेसन, ब्हील ब्युरो, पशु बिमाका क्षेत्रमा समेत लगानी गरेपछि अहिले वडा नः २ का भैसीपालक कृषक खुशी भएका छन । जसपछाडी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा २५० बढिलाई रोजगारी मिलेको कैलाश आश्रम कृषी सहकारी संस्थाका अध्यक्ष खुमलाल शर्माले बताए ।








