गृहपृष्ठ Featured कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ भदौमा कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै बैठकले ७ भदौमा पर्ने गाइजात्रा पर्वमा देशभरका नेवार समुदायलाई बिदा दिने निर्णय पनि गरेको उनले बताए ।

बैठकले रथी प्रभुराम शर्मालाई महारथीमा बढुवा गर्दै प्रधानसेनापतिमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

यस्तै तराई मधेस द्रूत मार्गका लागि सहायक संरचना निर्माण गर्न राष्ट्रिय वन क्षेत्रभित्र पर्ने काल भैरव र गौरीशंकर वनको ५ दशमलव २२ हेक्टर क्षेत्रफल प्रयोगका लागि स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

सम्बन्धित् समाचार