गृहपृष्ठ Featured पहिरोले घर पुरिँदा एकै परिवारका चारको मृत्यु

पहिरोले घर पुरिँदा एकै परिवारका चारको मृत्यु

अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए।

गए राति करिब ३ बजे घरभन्दा ५० मिटरमाथिबाट पहिरोसँगै झरेको लेदोले घर पुरिँदा सुतिरहेका अवस्थामा चारै जनाको घटनास्थलमै मृत्यु भएको हो।

सो घटनामा परी गम्भीर घाइते भएका घरमूली श्यामबहादुर गलानलाई उपचारार्थ काठमाडौंस्थित ट्रमा सेन्टर पुर्‍याइएको प्रहरीले जनाएको छ। घरभित्र सुतेका श्रीमती, छोरा, छोरी सबै पुरिएको र बाहिर सुतेका श्याम गलान घाइते अवस्थामा भेटिएका थिए।

उनको छाती तथा गर्दनमा गम्भीर चोट लागेको अचेत अवस्थामा उद्धार भएको र शारीरिक अवस्था गम्भीर रहेको बताइएको छ।

सम्बन्धित् समाचार