गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमीले हरेक शनिबार निशुल्क आखा शिविर सञ्चालन गर्ने

कपिलवस्तुको बुद्धभुमीले हरेक शनिबार निशुल्क आखा शिविर सञ्चालन गर्ने

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाले हरेक शनिबार निशुल्क आखा शिविर सञ्चालन गर्ने भएको छ ।

हरेक शनिबार निशुल्क आँखा उपचार संचालन हुने नगरपालिकाका प्रवक्ता पवन कुमार चौधरीले जानकारी दिनुभयो ।
छन्द काले बाबु आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आँखा उपचार गरिने भएकाले आँखा सम्बन्धी समस्या भएका नगरवासिलाई उपचारका लागि आउन नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आग्रह गर्नुभयो छ ।

साथै आखा जाचका गरेपछि अप्रेशन गर्नपरे नगरपालिकाले निुशल्क अप्रेशन गर्ने समेत ब्यवस्था मिलाएको छ ।
नगरपालिकाले प्रत्येक शनिबार निशुल्क आँखाको उपचार गर्ने भएपछि अहिले नगरबासी खुशी भएका छन । नगरपालिकाको कार्यालय परिसरमै आखा जाचको ब्यवस्था मिलाइएको छ ।

हरेक शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म नगरपालिकाको कार्यालय परिसरमै आखा जाचको ब्यवस्था मिलाइएको छ ।

सम्बन्धित् समाचार