गृहपृष्ठ Featured बुद्धभुमीको उदारणीय काम ः हरेक शनिबार निशुल्क आखा शिविरको सुरुवात

बुद्धभुमीको उदारणीय काम ः हरेक शनिबार निशुल्क आखा शिविरको सुरुवात

वैखरी अनलाइन
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले हरेक हप्ताको शनिबार निशुल्क आखा शिविर गर्ने भएपछि फेरी बुद्धभुमी नगरपालिका चर्चामा आएको छ । नगरबासीको सेवा र बिकासमा फरक तरिकाले अगाडी बढेको बुद्धभुमी नगरपालिकाको चर्चापरिचर्चा फेरी सुरु भएको हो । नगरपालिकाले आजबाट हरेक शनिबार नगरपालिका परिसरमा बिहान १० बदेदेखि दिउसो ३ बजेसम्म आखा शिविरको आयोजना गर्न थालेको छ । आज एक कार्यक्रमकाबिच शिविरको उद्यघाटन गरिएको छ ।
उद्यघाटन कार्यक्रममा बोल्दै बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले आखा जाचको सेवा नगरभित्र नहुदा नगरबासी बाहिर जानुपर्ने बाध्यतालाई नगरपालिकाले मध्यनजर गर्दै हरेक हप्ता शिविरको आयोजना गर्न लागेको बताए । आखा जाचँपछि अप्रेसन गर्नुपर्ने बिरामीका हकमा नगरपालिकाले आर्थिक सहयोग गर्ने समेत सो अवसरमा बताए । साथै प्रमुख श्रेष्ठले अन्य बिविभन्न रोगका बिरामीलाई पनि प्राथमिकता दिई समय सापेक्ष बिभिन्न शिविरको आयोजना गरिने बताए ।


उद्यघाटन कार्यक्रममा बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, आखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक शमसेर थापा, नेपाली काग्रेसका नेता हिमलाल न्यौपाने, जसपाका केन्द्रिय सदस्य सल्लाहकार बिष्णु हरि शर्मा, डाक्टर सुलक्ष्मी कटुवाल लगायतले आआफनो धारणा राखेका थिए । नेपाल नेत्र ज्योती सघं छन्द( काले बाबु) नारायणी आखा अस्पताल बहादुरगञ्ज कपिलवस्तुको प्राविधिक सहयोग र बुद्धभुमी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने बुद्धभुमी नगरपालिकाका प्रशासन प्रमुख राजन पोखरेलले बताए ।

सम्बन्धित् समाचार