वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमीको नगरपालिका वडा नः ९ का शसि अधिकारीले बिगत ६ बर्षमा १ करोड बढिको नदीजन्य पदार्थको चोरी निकासि गरेको खुलासा भएको छ । उनले रातको समयमा अवैध रुपमा सेटिङ मिलाई करोड बढिको नदीजन्य पदार्थ चोरी निकासि गरी कमाउने गरेको खुलासा भएको हो ।
बुद्ध यशोधरा सामुदायिक बनमा कोषाध्यक्ष पदमा रही लाखौँ हिनामिना गरेका अधिकारीले नदीजन्य पदार्थको चोरी निकासि गरि अवैध डम्पीङ गर्ने गरेको समाचार वैखरी अनलाइनले प्रकाशन गरेपछि बुद्धभुमी नगरपालिकाले अवैध डम्पीङलाई नियन्त्रणमा लिई टेण्डर गरेको छ । उनले त्यसरी गरेको ४ ठाउको डम्पीङ मध्य अझै ३ ठाउमा त्यसरीनै सामुदायिक बनका अन्य पदाधिकारीसगं मिलेर बन क्षेत्रभित्र डम्पीङ गरेका छन । बाकी रहेका ति डम्पीङलाई पनि लिलाम गर्न स्थानियहरुले नगरपालिकासगं माग गरेका छन ।
उनले यहीँ बर्षमा मात्र न्युनतम २० लाख बढिको नदीजन्य पदार्थको चोरी निकासि गरि जम्मा गरेको र उनले बिगत ६ बर्षदेखि यसरीनै रातको समयमा नदीजन्य पदार्थको चोरीबाट उनले न्युनतम १ करोड २० लाख रुपैया कमाएको स्थानिय बताउँछन ।
खोलाको ठेक्का लागेका बेला उनले सदैव ट्रेक्टर घरमा राख्ने र खोला बन्द भएपछि रातभर नदीजन्य पदार्थको चोरी निकासि गर्ने गरेको स्थानियहरुको भनाई छ । अधिकारीले दैनिक जसो नदीजन्य पदार्थको चोरी निकासि गर्दा स्थानियले गुनासो गर्दा उल्दै कुटपिटको धम्की र अपशब्द बोल्दै धर्काउने गरेको एक युवाले वैखरी अनलाइनलाई बताए ।